Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / खेलकुद / आठौँ उपमेयर छात्रा कप–२०८२: तेस्रो दिन त्रिभुवन मावि र पञ्चमुखी स्कूल विजयी

आठौँ उपमेयर छात्रा कप–२०८२: तेस्रो दिन त्रिभुवन मावि र पञ्चमुखी स्कूल विजयी

2 months, 3 weeks अगाडि | simran bishokarma
आठौँ उपमेयर छात्रा कप–२०८२: तेस्रो दिन त्रिभुवन मावि र पञ्चमुखी स्कूल विजयी

बाँके, कोहलपुर – आठौँ उपमेयर छात्रा कप अन्तरमाध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता–२०८२ को तेस्रो दिन त्रिभुवन माध्यमिक विद्यालय र पञ्चमुखी स्कूल विजयी भएका छन्। कोहलपुर–११ स्थित कोहलपुर क्रिकेट मैदानमा जारी प्रतियोगिताको दिनभरका खेलमा यी विद्यालयहरूले जित हात पारेका हुन्।

तेस्रो दिनको पहिलो खेलमा त्रिभुवन माध्यमिक विद्यालय र दीपज्योति विद्या सदन आमनेसामने भए। खेल संयोजक मदन विकका अनुसार, त्रिभुवन माध्यमिक विद्यालयले टस जितेर पहिले फिल्डिङ गर्दै दीपज्योति विद्या सदनलाई १०.३ ओभरमै ३९ रनमा अलआउट गर्‍यो। ४० रनको सामान्य लक्ष्य पछ्याएको त्रिभुवनले ३ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाउँदै सहज जित हासिल गर्‍यो। खेलको म्यान अफ द म्याच स्नेहा सुनार (त्रिभुवन मावि) घोषित भएकी छन्।

तेस्रो दिनको दोस्रो खेल पञ्चमुखी स्कूल र जनता मावि, मैटहवाबीच तय थियो। तर जनता मावि अनुपस्थित भएका कारण प्रतियोगिता संयोजकले पञ्चमुखीलाई सिधै विजयी घोषणा गरेका छन्। संयोजक विकका अनुसार यो निर्णय जनता मावि खेल प्रशिक्षक **कमल के.सी.**सँगको सल्लाहपछि गरिएको हो।

प्रतियोगितामा हालसम्म कुल १३ विद्यालय सहभागी छन्। संयोजक विकले प्रतियोगिताको चौथो दिन पनि दुई खेल हुने जानकारी दिएका छन्। सबै खेल कोहलपुर–११, कोहलपुर क्रिकेट मैदानमा आयोजना भइरहेका छन्।

यो शेयर गर्नुहोस्: