आठौँ उपमेयर छात्रा कप: सगरमाथा र लक्ष्मी मावि विजयी
बाँके
कोहलपुरमा जारी आठौँ उपमेयर छात्रा कप अन्तरमाध्यमिक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत चौथो दिन दुई खेल सम्पन्न भएका छन्। कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगिता कोहलपुर–११ स्थित कोहलपुर क्रिकेट मैदानमा सञ्चालन भइरहेको छ।

चौथो दिनको पहिलो खेल ज्ञान ज्योति माध्यमिक विद्यालय र सगरमाथा स्कुलबीच भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको सगरमाथा स्कुल १३.४ ओभरमा अलआउट हुँदै ५७ रनमा सीमित भयो। ५८ रनको सामान्य लक्ष्य पछ्याएको ज्ञान ज्योति मावि ८.४ ओभरमै अलआउट हुँदै जम्मा ४१ रन मात्रै बनाउन सक्यो। यससँगै सगरमाथा स्कुल १६ रनले विजयी भयो।

उक्त खेलमा सगरमाथाकी करिष्मा शाही ‘म्यान अफ द म्याच’ घोषित भइन्। उनलाई समाजसेवी चिन्तामणि धितालले पुरस्कार वितरण गरेका थिए।


यस्तै, दोस्रो खेल लक्ष्मी माध्यमिक विद्यालय र एभरेष्ट सैनिक विद्यालयबीच सम्पन्न भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको एभरेष्ट सैनिक १० ओभरमा अलआउट हुँदै ४९ रनमा सीमित भयो। सो खेलमा लक्ष्मी मावि विजयी बनेको प्रतियोगिता संयोजक मदन विकले जानकारी दिए। खेलमा गीता परियार ‘म्यान अफ द म्याच’ घोषित भइन्।
प्रतियोगितामा १३ विद्यालय सहभागी छन्। संयोजक विकका अनुसार प्रतियोगिताको पाँचौँ दिन पनि दुई खेल आयोजना गरिनेछन्।
सम्बन्धित खबर
ताजा खबर
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!