चौथो उप–प्रमुख कप: अर्जुन थारुको नाममा ३ स्वर्ण, हिमालय विद्या निकेतन द्वितीय
बाँके।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको चौथो उप–प्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता–२०८२ अन्तर्गत आधारभूत तहतर्फ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बैजनाथ–६ ओरी लालपुरका विद्यार्थी अर्जुन थारुले उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण पदक जित्न सफल भएका छन्।

थारुले एकल दौडतर्फ २ स्वर्ण तथा सामुदायिक रिले दौडतर्फ जीवन विक, कृष्ण बी.के. र दीप वर्डसँगको टोलीमा सहभागिता जनाउँदै १ स्वर्ण पदक हात पारेका हुन्। यससँगै उनले प्रतियोगितामा कुल ३ स्वर्ण पदक आफ्नो नाममा दर्ज गराएका छन्। उक्त जानकारी खेलकुद विकास समिति सदस्य कुलबहादुर भण्डारीले दिनुभयो।

प्रतियोगितामा हिमालय विद्या निकेतन बैजनाथ–५ जी गाउँले २ स्वर्ण, २ रजत र २ कास्य पदकसहित समग्रमा द्वितीय स्थान हासिल गरेको छ। विद्यालयका एन्जल मल्लले १०० मिटर दौडमा स्वर्ण जित्दा, रिले दौडमा एन्जल मल्ल, नाब्या खड्का, वर्षा कुमारी खड्का र मन्जु वर्डको टोलीले पनि स्वर्ण पदक जित्न सफल भएको थियो।

त्यसैगरी, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बैजनाथ–३ नौवस्ताका कोमल थारुले लङ जम्पमा स्वर्ण जित्दै आधारभूत विद्यालयतर्फ तृतीय स्थान हासिल गरेका छन्। यसबारे शिक्षा शाखाका कर्मचारी लालबहादुर बोहराले जानकारी दिनुभयो।

माध्यमिक विद्यालयतर्फ सोमबार सम्पन्न छात्रा लङ जम्प प्रतियोगितामा सीता बी.के. (प्रभात नमुना माध्यमिक विद्यालय, जी गाउँ) प्रथम, कोमल थारु (नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नौवस्ता) द्वितीय र दिभिजा पाण्डे (दीपज्योति माध्यमिक विद्यालय, चिसापानी) तृतीय भएका छन्।
छात्र लङ जम्पतर्फ अर्जुन थारु (नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, ओरी लालपुर) प्रथम, शौजन रामजाली मगर (जनता आदर्श माध्यमिक विद्यालय, जब्दहवा) द्वितीय र बिनित रसाइली (सम्झना एलिट एकेडेमी) तृतीय भएका छन्।

त्यस्तै, माध्यमिक तह छात्रा सटपुटतर्फ बिमला थापा मगर (सूर्योदय माध्यमिक विद्यालय, चिसापानी) प्रथम, सम्झना बुढा (सरस्वती माध्यमिक विद्यालय, बैरहवा) द्वितीय र खुमा बुढा (सम्झना एलिट एकेडेमी) तृतीय भएकी छन्।

माध्यमिक तह छात्र सटपुटतर्फ मोहन थापा (सम्झना एलिट एकेडेमी) प्रथम, कमल बी.के. (जनता आदर्श माध्यमिक विद्यालय, जब्दहवा) द्वितीय र सन्देश कार्की (प्रभात नमुना माध्यमिक विद्यालय, जी गाउँ) तृतीय भएका छन्। उक्त जानकारी फिल्ड मार्सल राजेश यादवले दिनुभयो।

खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार बिहान ७ बजेदेखि मार्सल आर्टतर्फका खेल तथा छात्रा भलिबल प्रतियोगिता सुरु हुने प्रशिक्षक **जनक के.सी.**ले जानकारी दिनुभयो।
सम्बन्धित खबर
ताजा खबर
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!