Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / खेलकुद / दोस्रो सृजनशील युवा कप–२०८२ भव्य तयारीमा, विजेतालाई रु. ६६ हजारभन्दा बढी पुरस्कार

दोस्रो सृजनशील युवा कप–२०८२ भव्य तयारीमा, विजेतालाई रु. ६६ हजारभन्दा बढी पुरस्कार

6 months, 1 week अगाडि | सिम्रन बिश्वकर्मा
दोस्रो सृजनशील युवा कप–२०८२ भव्य तयारीमा, विजेतालाई रु. ६६ हजारभन्दा बढी पुरस्कार


दार्मा गाउँपालिका–2 , झ्यारिबाङ्ग सल्यानमा दोस्रो सृजनशील युवा कप–२०८२ भलिबल तथा सांस्कृतिक प्रतियोगिता भव्य तयारीमा रहेको छ। सृजनशील युवा क्लब (SYC)को आयोजनामा हुने उक्त प्रतियोगिता असोज 27 गतेदेखि जनकल्याण प्राथमिक बिद्यालय दर्मा गाउँ पालिका 2 झ्यारिबाङ्ग सल्यान मा सुरु हुने भएको छ।

“खेलकुद हाम्रो गौरवको सम्मान, स्वस्थ जीवन हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।

भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले रु. ६६,६६६, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले रु. ३३,३३३, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
त्यसैगरी, सेमीफाइनल चरणमा पुग्ने दुवै टोलीलाई पनि प्रोत्साहन १६६६६ /पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

क्वाटर फाइनलदेखि माथिका सबै खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई Man of the Match पुरस्कार दिइनेछ। साथै व्यक्तिगत तर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, डिफेन्डर, सेटर, र सर्वर लगायत विभिन्न विधामा पनि विशेष पुरस्कार वितरण गरिनेछ।

सांस्कृतिक तर्फ खुल्ला लोक दोहोरी प्रतियोगिता पनि आयोजना गरिनेछ। दोहोरी प्रतियोगितामा प्रथम हुनेले रु. २२२२ र प्रमाणपत्र, तथा द्वितीय हुनेले रु. ११११र प्रमाणपत्र प्राप्त गर्नेछन्।

भलिबल तर्फ दर्ता शुल्क रु. ५,५५५ र दोहोरी तर्फ रु. २,२२तोकिएको छ। दर्ता असोज २८ गते बिहान १० बजेसम्म खुला रहनेछ।

आयोजक क्लबका अनुसार, प्रतियोगिताबाट स्थानीय युवाबीच खेलकुदको उत्साह बढाउने, आपसी एकता सुदृढ गर्ने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य लिइएको हो। साथै युवा शक्तिको एकता, अनुशासन र उत्साहलाई प्रकट गर्ने  उदेश्य ले आयोजना गरिएको खेलकुद तथा संस्कृतिक कार्यक्रममा सम्पुर्ण ,जनप्रतिनिधि ,कलाकार,कर्मचारी ,पत्रकार ,बुद्धिजिबि लगायत सम्पुर्ण उपस्थितिको लागी समेत क्लबले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमका क्लब अध्यक्ष प्रदिप पाण्डे, क्लब सचिव हेमन्त केसी, र खेलकुद प्रतियोगिता संयोजक पुर्ण देवकोटा रहेका छन्।

सम्पर्कका लागि:

📞 9842784353, 9829562184
📞 9861657566, 9822926296
📞 9809508628, 9829540247

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement