सुदूरपश्चिम प्रदेश समन्वय समितिको बैठक सम्पन्न
ललितपुर
आगामी निर्वाचनको परिचालन तथा तयारीका सन्दर्भमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समन्वय समितिको बैठक सम्पन्न भएको छ।
मिति २०८२।१२।१३ गते दिउँसो १२:१० बजेदेखि ललितपुर महानगरपालिका–०२ सानेपा स्थित नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरु भएको हो। बैठक सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक जगतराज जोशीको सभापतित्वमा तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

बैठकमा पार्टी उपसभापति पुष्पा भुषाल, सह–महामन्त्रीद्वय डा. डिला संग्रौला पन्त, पार्टी प्रवक्ता देवराज चालिसेलगायत करिब २० देखि २५ जना नेताहरूको उपस्थिति रहेको थियो।

बैठकमा आगामी फागुन २१ गते हुने निर्वाचनका सम्बन्धमा विस्तृत छलफल गरिएको बुझिएको छ। निर्वाचनलाई प्रभावकारी बनाउने रणनीति, संगठन परिचालन, प्रदेशस्तरीय समन्वय तथा कार्ययोजनाका विषयमा सहभागी नेताहरूले आ–आफ्ना धारणा राखेका थिए।

नेताहरूले सुदूरपश्चिम प्रदेशमा पार्टीको संगठन थप सुदृढ गर्दै निर्वाचनमा कांग्रेसलाई बलियो रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!