Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / संसद पुनःस्थापनाको माग गर्दै माइतीघरमा युवा संघको प्रदर्शन

संसद पुनःस्थापनाको माग गर्दै माइतीघरमा युवा संघको प्रदर्शन

2 months, 3 weeks अगाडि | simran bishokarma
संसद पुनःस्थापनाको माग गर्दै माइतीघरमा युवा संघको प्रदर्शन

काठमाडौं 

 संसद विघटनको विरोध र पुनःस्थापनाको माग गर्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।मिति २०८२/१०/१३ गते बिहान १०:२५ बजे, देदी कामनपा–११ माइतीघर मण्डलाको बिस्तारै सडक खण्डमा राष्ट्रिय युवा संघका उपाध्यक्ष महाराज गुरुङ तथा नेसनल भोलिन्टिएर फोर्सका संयोजक पुष्प श्रेष्ठको नेतृत्वमा करिब २०–२५ जना युवाहरू भेला भई प्लेकार्डसहित विरोध प्रदर्शन सुरु गरेका हुन्।


 

प्रदर्शनकारीहरूले संसद विघटनलाई असंवैधानिक कदमको संज्ञा दिँदै सर्वोच्च अदालतले संसद पुनःस्थापनाको मुद्दामा तत्काल फैसला गर्नुपर्ने माग गरेका थिए। उनीहरूले लोकतन्त्र र संविधानमाथि प्रहार भएको भन्दै जननिर्वाचित संसदलाई पुनःस्थापना नगरे देश गम्भीर राजनीतिक संकटतर्फ धकेलिने चेतावनी समेत दिएका छन्।


 

प्रदर्शनका क्रममा उठाइएका प्रमुख नारा यस्ता थिएः

  • “संसद पुनःस्थापनाको मुद्दा फैसला गर”
  • “विघटित सांसद पुनःस्थापना गर”
  • “संविधान बचाउ, सांसद फर्काउ”
  • “विघटित संसद पुनर्स्थापना गर”
  • “लुटिएको संसद फिर्ता गर”


 


 

प्रदर्शनकारीहरूले शान्तिपूर्ण रूपमा विरोध जनाउँदै संसद विघटन लोकतन्त्रको हत्या भएको आरोप लगाए। उनीहरूले संविधान र जनमतको रक्षा गर्न न्यायालयले ढिलाइ नगरी फैसला सुनाउनुपर्ने बताएका छन्।


 

उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कुनै अप्रिय घटना नभएको जनाइएको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement