Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / नागढुंगामा बस चेकजाँचका क्रममा ७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

नागढुंगामा बस चेकजाँचका क्रममा ७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

2 months, 3 weeks अगाडि | simran bishkarma
नागढुंगामा बस चेकजाँचका क्रममा ७ ग्राम ब्राउन सुगरसहित एक जना पक्राउ

काठमाडौँ —

 मिति २०८२ साल माघ ११ गते बिहान ०६:३० बजे काठमाडौँ जिल्लाको चन्द्रागिरी नगरपालिका–२ नागढुंगा स्थित चेकपोइन्टमा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।


 

काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र. ००१–००६ ख ७३३५ नम्बरको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा बसको साइड ‘बी’ तर्फको ९ नम्बर सिटमा सवार एक व्यक्तिमाथि शंका लागी शरीर तथा सामान जाँच गरिएको थियो।


 

जाँचका क्रममा सुनसरी जिल्लाको इटहरी नगरपालिका–३ स्थायी घर भएका ३६ वर्षीय निरोज न्यौपानेले आफ्नो ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकमा बेरी लुकाइछिपाई ल्याएको प्रतिबन्धित लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) जस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।


 

बरामद गरिएको उक्त पदार्थको तौल ७ (सात) ग्राम रहेको छ। लागुऔषधसहित न्यौपानेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि तालुक प्रहरी वृत्त थानकोटमा राखिएको प्रहरीले जानकारी दिएको छ।


 

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement