माइतीघर मण्डलामा इनिसा विकका लागि खबरदारी तथा दीप प्रज्वलन
काठमाडौं ।
सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा काठमाडौंमा खबरदारी तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ।

मिति २०८२ फागुन २७ गते १२:३३ बजेदेखि काठमाडौं महानगरपालिका–११ माइतीघर मण्डलास्थित सडकखण्डमा संयुक्त जेन्जीको आयोजनामा उक्त कार्यक्रम सुरु गरिएको हो। सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विकको २०८२ फागुन २३ गते बलात्कारपछि हत्या भएको घटनामा पीडितलाई न्याय दिलाउन तथा मृत आत्माको शान्तिको कामना गर्दै खबरदारीसहित दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा संयुक्त दलित जेन्जीका सदस्यहरू प्रकाश प्रतिकार, रमेश केपी, सुशील नेपाली लगायत करिब १५–२० जनाको उपस्थिति रहेको थियो। सहभागीहरूले दोषीलाई कडा कारबाही गर्न तथा महिला तथा दलितमाथि हुने हिंसा अन्त्य गर्न सरकारसँग माग गरेका छन्।

कार्यक्रमका क्रममा सहभागीहरूले विभिन्न नारासहितका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए। प्लेकार्डमा “पितृसत्ता मुर्दाबाद”, “सत्ताहरू फेरिरहन्छन्, दलितहरू मरिरहन्छन्”, “जात व्यवस्था मुर्दाबाद”, “महिला हिंसा अन्त गर” र “सरकार बदलियो, समाज बदलिएन” जस्ता नारा लेखिएका थिए।

सहभागीहरूले यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेका छन्।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!