नेपाली कांग्रेस बनेपामा नगरस्तरीय समन्वयात्मक कार्यक्रम सम्पन्न
मिति २०८२ साल माघ १० गते दिउँसो १४:४० बजे, काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका–८ स्थित पार्टी भेन्यू होटल मा आयोजित कार्यक्रम नगर कार्यसमितिका सभापति महेश कर्मचार्यको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा काभ्रे क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार मधु आचार्य प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा समानुपातिक उम्मेदवार मिरा नेपाली, नेपाली कांग्रेस काभ्रे जिल्ला सचिव माधव ढकाल, पाँचखाल नगरपालिका मेयर महेश खरेल, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य उज्ज्वल पौडेल, महाधिवेशन प्रतिनिधि निर्मला श्रेष्ठ, रोशन लामा, साथै बनेपा नगरपालिकाका सबै वडा सभापति, पत्रकार, बुद्धिजीवी तथा पार्टी कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रममा आसन्न निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, चुनावी रणनीति, आपसी समन्वय र मतदाता सम्म प्रभावकारी रूपमा पुग्ने विषयमा छलफल गरिएको थियो। वक्ताहरूले पार्टीलाई एकताबद्ध बनाएर कांग्रेस उम्मेदवारको विजय सुनिश्चित गर्न सबै तह र तप्काका नेता–कार्यकर्ताहरू सक्रिय हुनुपर्नेमा जोड दिएका थिए।

करिब १३० देखि १४० जनाको सहभागिता रहेको उक्त कार्यक्रमले नेपाली कांग्रेस बनेपाको संगठनात्मक मजबुती र चुनावी तयारीलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!