Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / काठमाडौं क्षेत्र नं. १ मा एमालेको निर्वाचन परिचालन कमिटी घोषणा

काठमाडौं क्षेत्र नं. १ मा एमालेको निर्वाचन परिचालन कमिटी घोषणा

2 months, 3 weeks अगाडि | simran bishokarma
काठमाडौं क्षेत्र नं. १ मा एमालेको निर्वाचन परिचालन कमिटी घोषणा

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी काठमाडौं क्षेत्र नं. १ को आयोजनामा आगामी प्रतिनिधिसभा निर्वाचन लक्षित निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रम सुरु भएको छ।


 

मिति २०८२ साल माघ १० गते, दिउँसो १४:१५ बजे देखि काठमाडौँ महानगरपालिका–१०, बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटको सभा हल मा सम्पन्न कार्यक्रम क्षेत्रीय कमिटीका संयोजक हिरादेवी थापा मगरको अध्यक्षतामा आयोजित भएको हो।


 

कार्यक्रममा नेकपा एमाले केन्द्रीय समिति सदस्य क. आनन्द प्रसाद पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै, केन्द्रीय समिति सदस्य गणेश प्रसाद दुलाल, काठमाडौं निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार मोहनराज रेग्मी, सल्लाहकार शर्मिला कार्की, काठमाडौँ महानगरपालिका–३१ का वडा अध्यक्ष सरोज ढकाल, प्रदेश कमिटी पूर्व सल्लाहकार नारायण प्रसाद भण्डारी लगायत नेताहरूको उपस्थिति रहेको थियो।


 

कार्यक्रममा करिब १०० जना पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो। वक्ताहरूले आगामी २०८२ फाल्गुण २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा प्रभावकारी निर्वाचन परिचालनका विषयमा आ–आफ्ना धारणा राखेका थिए।


 

उक्त कार्यक्रममार्फत काठमाडौं निर्वाचन क्षेत्र नं. १ मा एमालेको चुनावी गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित निर्वाचन परिचालन कमिटी औपचारिक रूपमा घोषणा गरिएको जनाइएको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement