Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / गठ्ठाघरमा राप्रपा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन तथा पत्रकार सम्मेलन सम्पन्न

गठ्ठाघरमा राप्रपा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन तथा पत्रकार सम्मेलन सम्पन्न

2 months, 3 weeks अगाडि | simran bishokarma
गठ्ठाघरमा राप्रपा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन तथा पत्रकार सम्मेलन सम्पन्न

भक्तपुर 

 मिति २०८२/१०/१० गते दिउँसो १६ः२० बजे भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका वडा नं. ३ स्थित गठ्ठाघरमा रहेको प्रविन आयल स्टोर परिसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भक्तपुर क्षेत्र नम्बर २ को आयोजनामा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।


 

कार्यक्रममा राप्रपा भक्तपुर जिल्लाका अध्यक्ष अर्जुन कार्की, भक्तपुर क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष नारायण थापा, भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विक्रम थापालगायत पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। करिब २० देखि ३० जनाको सहभागितामा कार्यक्रम सुरु गरिएको थियो।उद्घाटन कार्यक्रममा बोल्दै वक्ताहरूले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन सुदृढीकरण, मतदाता समन्वय तथा जनसम्पर्कलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको बताए। उनीहरूले राप्रपाको नीति, विचार र एजेन्डा जनतासमक्ष पुर्‍याउन सम्पर्क कार्यालय महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे।


 

त्यसै अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विक्रम थापाले लोकतन्त्र, राष्ट्रियता, सुशासन र जनताको अधिकारका पक्षमा राप्रपाले स्पष्ट धारणा राख्दै आएको उल्लेख गर्दै भक्तपुर क्षेत्र नम्बर २ का मतदाताको विश्वास जित्ने गरी चुनावी अभियान अगाडि बढाइने बताए।


 

कार्यक्रम शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement