Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / चौतारा साँगाचोकगढी नगर कमिटीको नगर स्तरीय बैठक सम्पन्न

चौतारा साँगाचोकगढी नगर कमिटीको नगर स्तरीय बैठक सम्पन्न

2 months, 3 weeks अगाडि | simran bishokarma
चौतारा साँगाचोकगढी नगर कमिटीको नगर स्तरीय बैठक सम्पन्न

सिन्धुपाल्चोक ।

मिति २०८२।१०।१० गते १३:५० बजेदेखि १५:१० बजेसम्म सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित नेपाली कम्युनिष्ट पार्टी जिल्ला पार्टी कार्यालयको सभाहलमा नेपाली कम्युनिष्ट पार्टी चौतारा साँगाचोकगढी नगर कमिटीको नगर स्तरीय बैठक सम्पन्न भएको छ।


 

पार्टी चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा सम्पन्न बैठक नगर कमिटी अध्यक्ष श्यामकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा पार्टी केन्द्रीय सदस्य एवं आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फका उम्मेदवार युवराज दुलाल प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए।


 

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गोविन्द पराजुली लगायत पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। बैठकमा करिब १८० जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ।


 

बैठकमा आगामी प्रतिनिधिसभा निर्वाचनको तयारी, संगठन सुदृढीकरण, वडा तथा नगर तहमा पार्टी गतिविधि विस्तार, जनतासँगको सम्बन्ध थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। प्रमुख अतिथि दुलालले निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै कार्यकर्ताहरू एकताबद्ध भएर जनताको बीचमा जानुपर्नेमा जोड दिएका थिए।


 

अध्यक्ष श्यामकृष्ण श्रेष्ठले नगर कमिटीलाई अझ सक्रिय र अनुशासित ढंगले परिचालन गर्दै आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै बैठकको समापन गरेका थिए।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement