Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / सुर्खेतमा १६ वर्षीया किशोरीको मृत्यु प्रकरण: अनुसन्धानमा विशेष प्रहरी टोली, रिपोर्ट आउन बाँकी

सुर्खेतमा १६ वर्षीया किशोरीको मृत्यु प्रकरण: अनुसन्धानमा विशेष प्रहरी टोली, रिपोर्ट आउन बाँकी

1 month अगाडि | Simran bishokarma

Surkhet मा १६ वर्षीया इनिशा विकको बलात्कारपछि मृत्यु भएको भनिएको घटनाले अहिले देशभरि गम्भीर चासो र दुःख पैदा गरेको छ। “के भयो?” र “अनुसन्धान कहाँ पुग्यो?” भन्ने प्रश्न सर्वसाधारणदेखि सामाजिक सञ्जालसम्म उठिरहेका छन्।


 

यस घटनाको सत्य तथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय सुर्खेत र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) सहित करिब २० जना प्रहरीको विशेष टोली निरन्तर अनुसन्धानमा खटिएको छ। घटनासँग सम्बन्धित प्रमाणहरू संकलन गरी विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ।


 

प्रहरीका अनुसार केही महत्वपूर्ण रिपोर्टहरू आउन अझै बाँकी रहेकाले अनुसन्धान प्रक्रिया जारी छ। ती रिपोर्ट प्राप्त भएपछि घटनाको वास्तविकता सार्वजनिक गरिने र दोषी पहिचान भए कडा कारबाही गरिने बताइएको छ।


 

प्रहरीले अनुसन्धानलाई वैज्ञानिक प्रमाणका आधारमा अघि बढाइरहेको भन्दै संवेदनशील अवस्थामा सामाजिक सञ्जालमा फैलिरहेका अपुष्ट सूचना र अफवाहबाट टाढा रहन पनि आग्रह गरेको छ।


 

एक किशोरीको जीवनसँग जोडिएको यो पीडादायी घटना भएकाले सत्य तथ्य बाहिर ल्याउन जिम्मेवार निकायहरू गम्भीरताका साथ लागिरहेका छन्। सत्य ढिलो भए पनि बाहिर आउने र दोषी जो भए पनि कानूनको कठघरामा उभिनुपर्ने अपेक्षा सर्वत्र गरिएको छ।


 

इनिशा विकको परिवारले न्याय पाउने विश्वास व्यक्त गर्दै समाजका सबै पक्षले यो कठिन समयमा धैर्य, संवेदनशीलता र जिम्मेवारी देखाउन आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।


 

यो शेयर गर्नुहोस्: