Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / गंगे सुनमर घटनाः पक्राउ परेका युवकको मृत्यु, घाइते अवस्थामा अस्पताल ल्याइएपछि उपचारकै क्रममा निधन

गंगे सुनमर घटनाः पक्राउ परेका युवकको मृत्यु, घाइते अवस्थामा अस्पताल ल्याइएपछि उपचारकै क्रममा निधन

5 months, 1 week अगाडि | सिम्रन बिश्वकर्मा
गंगे सुनमर घटनाः पक्राउ परेका युवकको मृत्यु, घाइते अवस्थामा अस्पताल ल्याइएपछि उपचारकै क्रममा निधन

सुर्खेत, कार्तिक २१।
वीरेन्द्रनगर–११ गंगे सुनमरका ३५ वर्षीय एक युवकको मृत्यु भएको छ। उनी प्रहरी नियन्त्रणमा रहेका बेला गम्भीर घाइते बनेका थिए।

जानकारी अनुसार, उक्त युवकलाई भदौ ३ गते करिब पाँच ग्राम लागुऔषधसहित प्रहरीले पक्राउ गरेको थियो।
तर कार्तिक २१ गते बिहान करिब ५ बजे प्रहरीलाई उनी गम्भीर अवस्थामा फेला परेको जानकारी प्राप्त भएपछि ६ बजे अस्पताल पुर्‍याइएको बताइएको छ।

अस्पताल पुर्‍याउँदा युवकको अण्डकोष, टाउको र शरीरका विभिन्न भागमा गहिरो चोटपटक लागेको देखिएको थियो।
उनीलाई तत्काल उपचारका लागि भर्ना गरिए पनि बचाउन सकिएन र उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

घटनाबारे प्रहरीले औपचारिक वक्तव्य नदिए पनि मृतकको परिवार र स्थानीयवासीहरूले मृत्युको निष्पक्ष छानबिन र जिम्मेवारी तोक्ने माग गरेका छन्।

सामाजिक सञ्जाल तथा स्थानीय समुदायमा अहिले उक्त घटना प्रति आक्रोश र शंका दुवै बढेको छ।
यस घटनाले प्रहरी नियन्त्रणमा रहँदा व्यक्ति सुरक्षाको विषयमा गम्भीर प्रश्न उठाएको छ।

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement