सहिद गेटमा ATF को र्याली, जेन्जीको माग पूरा गर्न आग्रह
2 months, 2 weeks अगाडि
|
Simran bishokarma
काठमाडौँ —
मिति २०८२/१०/१६ गते दिउँसो १४:०५ बजेदेखि १४:१५ बजेसम्म काठमाडौँ महानगरपालिका–२८ स्थित सहिद गेटमा विश्व हिन्दु महासंघ र राष्ट्रवादी युवा समूहको अनवरत तत्फर फौज (ATF) को संयुक्त आयोजनामा र्याली तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

अनवरत तत्फर फौज (ATF) का संयोजक सन्तोष सिलवालको नेतृत्वमा आयोजित उक्त कार्यक्रममा विष्णु राजावादी, जेन्जी घटनामा घाइते युवराज जङ्ग थापालगायत करिब ४० जनाको सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत माइतीघर मण्डलाबाट सुरु भएको र्याली सहिद गेटमा पुगेर कोणसभामा परिणत भएको थियो। सहभागीहरूले
“वीर शहिद अमर रहुन”, “जेन्जीको माग पूरा गर”, “शहिदको सपना पूरा गर”
जस्ता नारा लगाउँदै सहिदहरूको तस्बिरमा माल्यार्पण गरेका थिए।

कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएका छन्।
सम्बन्धित खबर
विज्ञापन
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
1 day, 1 hour अगाडि
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
2 weeks, 1 day अगाडि
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
2 weeks, 5 days अगाडि
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!
3 weeks, 5 days अगाडि
विज्ञापन
विज्ञापन