रुकुम पूर्व–काठमाडौं सम्पर्क समितिको भेला सुरु, प्रचण्डको प्रमुख आतिथ्य
काठमाडौं —
मिति २०८२/१०/१६ गते दिउँसो १४:१५ बजेदेखि काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित गुरुङ राष्ट्रिय परिषदको सभाहलमा नेपाली कम्युनिष्ट पार्टी रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

कार्यक्रम सम्पर्क समन्वय समितिका अध्यक्ष श्री कुमार बुढाको अध्यक्षतामा सम्पन्न भइरहेको छ। आगामी २०८२/११/२१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा रुकुम (पूर्व) निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार तथा पार्टी संयोजक क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्छ।

कार्यक्रममा समानुपातिक उम्मेदवार उपेन्द्र लाल कामी र सुनिता बुढा मगर, नेपाली कम्युनिष्ट पार्टीका कार्यालय सचिव गणेशमान पुन, कमला रोक्का, पूर्ण बहादुर मगर, प्रदेश सदस्य जय बहादुर घर्ती मगर, प्रदेश सदस्य गणेश बुढा मगरलगायतका नेताहरूको उपस्थिति रहेको छ।

भेला तथा प्रशिक्षण कार्यक्रममा पार्टीका करिब ११० देखि १२० जना कार्यकर्ता सहभागी रहेका छन्। कार्यक्रममा आगामी निर्वाचनका लागि पार्टीको रणनीति, संगठन सुदृढीकरण तथा कार्यकर्ता परिचालनबारे प्रशिक्षण र छलफल भइरहेको छ।

नोट: कार्यक्रम औपचारिक रूपमा सुरु हुनुअघि १४:१० बजे प्रमुख अतिथि तथा पार्टी संयोजक क. पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!