Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / राजतन्त्र पुनर्बहालीको माग गर्दै रत्नपार्कमा कोणसभा

राजतन्त्र पुनर्बहालीको माग गर्दै रत्नपार्कमा कोणसभा

2 months, 3 weeks अगाडि | Simran bishokarma
राजतन्त्र पुनर्बहालीको माग गर्दै रत्नपार्कमा कोणसभा

काठमाडौं — मिति २०८२।१०।०७ गते दिउँसो १:३५ बजेदेखि काठमाडौं महानगरपालिका–२८ स्थित रत्नपार्कको शान्तिबाटिकामा राष्ट्रवादी नागरिक समाजको आयोजनामा राजतन्त्र पुनर्बहालीको माग गर्दै कोणसभा कार्यक्रम सम्पन्न भएको छ।


 

“राजा ल्याऔँ – देश बचाऔँ” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रममा राजतन्त्र पुनर्बहाली महाअभियानको १७औँ वर्षगाँठको अवसरसमेत मनाइएको थियो। कार्यक्रममा राष्ट्रवादी नागरिक समाजका संयोजक चन्द्रबहादुर रामदाम (चबरा) को नेतृत्वमा उपाध्यक्ष लक्ष्मी मल्ल, महासचिव धुर्व गुरुङ, केन्द्रीय सचिव ज्ञानबहादुर थिङ लगायत करिब ५५ जनाको उपस्थिति रहेको थियो।


 

कार्यक्रममा सहभागीहरूले “सम्पूर्ण देशभक्त, राजभक्त र राष्ट्रप्रेमीहरूलाई हार्दिक शुभकामना” लेखिएको ब्यानर, नेपालको राष्ट्रिय झण्डा तथा राजतन्त्र पुनर्बहालीसम्बन्धी नारासहित प्रदर्शन गरेका थिए।

 

वक्ताहरूले वर्तमान राजनीतिक अवस्थाले देशलाई अन्योलतर्फ धकेलेको दाबी गर्दै राष्ट्रिय एकता, पहिचान र स्थायित्वका लागि राजसंस्थाको पुनर्बहाली आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट आफ्नो माग अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement