Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / दलितका लागि दलित अभियानद्वारा बृहत् राष्ट्रिय सम्मेलन हुने

दलितका लागि दलित अभियानद्वारा बृहत् राष्ट्रिय सम्मेलन हुने

5 months, 1 week अगाडि | सिम्रन बिश्वकर्मा
दलितका लागि दलित अभियानद्वारा बृहत् राष्ट्रिय सम्मेलन हुने

काठमाडौं, कार्तिक २२।
“न्याय, मुक्ती र आत्मसम्मान” भन्ने मूल नाराका साथ दलितका लागि दलित अभियान, नेपालले बृहत् राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।

संघीय राजधानी काठमाडौंको दियालो फुडल्याण्ड, बसुन्धारामा हुने उक्त सम्मेलन २०७९ कार्तिक २२ गते बिहान ११:०० बजे सुरु हुने आयोजकले जनाएको छ।

“दलितलाई खै ?” भन्ने प्रश्नसहित आयोजित सम्मेलनले देशभरका दलित समुदायबीच एकता, अधिकार र स्वाभिमानका सवालमा व्यापक बहस सुरु गर्ने लक्ष्य राखिएको बताइएको छ।
कार्यक्रमको मुख्य उद्देश्य दलित समुदायका आवाजलाई सशक्त रूपमा राष्ट्रिय स्तरमा उठाउने, दलित अधिकारको संरक्षण र आत्मसम्मानको पुनर्स्थापनाका लागि साझा रणनीति तय गर्ने रहेको आयोजकले जनाएको छ।

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement