राष्ट्रिय शहिद पार्कमा शहिद स्मृति स्तम्भ उद्घाटन कार्यक्रम सुरु
काठमाडौं —
मिति २०८२/१०/१६ गते दिउँसो १४:१० बजे गोकर्णेश्वर नगरपालिका–४, जगडोलस्थित राष्ट्रिय शहिद पार्कमा राष्ट्रिय शहिद दिवस (२०८२) को अवसरमा जेन–जी सुशासन योद्धा तथा अमर प्रहरीहरूको विवरण समेटिएको शहिद स्मृति स्तम्भ उद्घाटन कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ।

कार्यक्रम राष्ट्रिय शहिद तथा शान्ति पार्क, निजामति स्मारक विस्तारित बोर्ड उद्यान सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलको अध्यक्षतामा सम्पन्न भइरहेको छ।
कार्यक्रमका प्रमुख अतिथि माननीय गृहमन्त्री ओम प्रकाश अर्याल रहनु भएको छ।

त्यसैगरी कार्यक्रममा वन मन्त्री माधव प्रसाद चौलागाई, नेकपा एमाले पोलिटब्युरो सदस्य तथा काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ का उम्मेदवार रामेश्वर फुयाल, द्वन्द्व पीडित सुरक्षा कर्मी परिवार संस्थाकी अध्यक्ष हेम कुमारी घर्ती मगर, जनआन्दोलन २०६२/६३ शहिद परिवार तथा घाइते सरोकार समितिका अध्यक्ष मेघराज आचार्य, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशी राज दाहाल, नं. २० गणपति जीवन के.सी., प्रहरी वृत्त बौद्धका प्रमुख ना.उ. सन्तोष रोकायलगायतको उपस्थिति रहेको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका अतिथि, शहिद परिवार, सुरक्षा निकायका प्रतिनिधि तथा सर्वसाधारण गरी अन्दाजी १३० देखि १४० जनाको सहभागिता रहेको छ।

शहिदहरूको योगदानको स्मरण गर्दै नयाँ पुस्तामा सुशासन, शान्ति र राष्ट्रप्रतिको जिम्मेवारीबारे सन्देश प्रवाह गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!