नागार्जुन–२ मा रास्वपाको वडा सम्पर्क कार्यालय उद्घाटन, घरदैलो कार्यक्रम सञ्चालन
मिति २०८२/१०/२२ गते बिहान ०८:३५ बजे काठमाडौँको नागार्जुन नगरपालिका वडा नं. २ रुम्बाचोकस्थित नागार्जुन–२ कार्यसमितिको आयोजनामा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा सम्पर्क कार्यालय उद्घाटन तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा काठमाडौँ क्षेत्र नं. ७ का स्वतन्त्र उम्मेदवार गणेश पराजुलीको विशेष उपस्थिति रहेको थियो भने रास्वपा काठमाडौँ क्षेत्र नं. २ निर्वाचन परिचालन समिति संयोजक योगेन्द्र कुमार श्रेष्ठ लगायत करिब २०–२५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

सम्पर्क कार्यालय उद्घाटन पश्चात् बिहान ०९:१० बजे रुम्बाचोकबाट घरदैलो कार्यक्रम सुरु गरिएको थियो। टोलीले नागार्जुन नगरपालिका वडा नं. २ का विभिन्न स्थानमा पुगेर स्थानीयसँग भेटघाट तथा संवाद गरेको थियो।


घरदैलो कार्यक्रम सम्पन्न भएपछि पुनः रुम्बाचोकमै फर्किएर कार्यक्रम समापन गरिएको जनाइएको छ।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!