नेपाली कम्युनिस्ट पार्टी काठमाडौँ क्षेत्र नं. १ को निर्वाचन परिचालन समिति घोषणा
काठमाडौँ —
मिति २०८२/१०/१६ गते दिउँसो १३:४५ बजेदेखि काठमाडौँ महानगरपालिका–१० बानेश्वर थापा गाउँस्थित काठमाडौँ बैंक्वेटमा नेपाली कम्युनिस्ट पार्टी काठमाडौँ क्षेत्र नं. १ को आयोजनामा निर्वाचन परिचालन समिति घोषणा तथा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम पार्टीका केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन समिति संयोजक अम्बर ध्वज लामाको अध्यक्षतामा सम्पन्न भएको हो भने पार्टीकी केन्द्रीय सदस्य पम्फा भुषाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू सावित्रा भुषाल, डा. विजय सैंजु, मिना ज्ञवाली, शसिकला पराजुली, केन्द्रीय सल्लाहकार सदस्यहरू सुनिल पौडेल, राजकुमार हुमागाईं, जमुना खत्री, प्रदेश कमिटी सदस्यहरू रेवती प्रसाद दाहाल, जनक बर्तौला, वसन्त श्रेष्ठलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

यसैगरी नेपाली कम्युनिस्ट पार्टी काठमाडौँ क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रितु भण्डारी (मेनुका) तथा शोभा अर्यालको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। करिब ४०–४५ जना नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागितामा निर्वाचन परिचालन समिति औपचारिक रूपमा घोषणा गरिएको हो।
कार्यक्रममा वक्ताहरूले आगामी निर्वाचनमा पार्टीको भूमिका, संगठन सुदृढीकरण तथा जनताको पक्षमा राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवारलाई जिताउन सबै तहका कार्यकर्ताहरू एकजुट भएर लाग्न आग्रह गरेका थिए।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!