महालक्ष्मी–४ मा एमालेको २०१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा
ललितपुर ।
नेकपा एमाले महालक्ष्मी नगरपालिका वडा नं. ४ मा २०१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको छ।मिति २०८२ माघ २५ गते बिहान ०८:४० देखि १०:१५ बजेसम्म इमाडोलस्थित पार्टी सम्पर्क कार्यालयमा सम्पन्न कार्यक्रममा उक्त कमिटी घोषणा गरिएको हो। कार्यक्रम नेकपा एमाले महालक्ष्मी नगर वडा नं. ४ वडा कमिटीको आयोजनामा सम्पन्न भएको थियो।

ललितपुर क्षेत्र नं. २ का अध्यक्ष केशव व्यञ्जनकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हरिकृष्ण व्यञ्जनकार प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए।

त्यस्तै, एमाले लेखा आयोग सदस्य तथा बागमती प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य समिक वडाल, महालक्ष्मी नगर इन्चार्ज रामहरी बजगाई, नगर कमिटी अध्यक्ष नकुल थापा लगायत करिब ३५ जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममार्फत नेकपा एमाले महालक्ष्मी नगरपालिका वडा नं. ४ का अध्यक्ष रामकुमार केसीको संयोजकत्वमा २०१ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी घोषणा गरिएको जनाइएको छ।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!