महालक्ष्मी–४ मा एमालेको २०१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा
ललितपुर —
मिति २०८२ माघ २५ गते बिहान ०८:४० बजेदेखि १०:१५ बजेसम्म ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोलस्थित नेकपा एमाले महालक्ष्मी नगर वडा नं. ४ को सम्पर्क कार्यालयमा निर्वाचन परिचालन कमिटी घोषणा कार्यक्रम सम्पन्न भएको छ।

नेकपा एमाले महालक्ष्मी नगर वडा नं. ४ वडा कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा ललितपुर क्षेत्र नं. २ का अध्यक्ष केशब ब्यञ्जनकारको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज हरिकृष्ण व्यञ्जनकारको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेकपा एमाले लेखा आयोग सदस्य तथा वाग्मती प्रदेश सभा सदस्य रामेश्वर श्रेष्ठ, केन्द्रीय सदस्य समिक वडाल, महालक्ष्मी नगर इन्चार्ज रामहरी बजगाईं, महालक्ष्मी नगर कमिटी अध्यक्ष नकुल थापा लगायत करिब ३५ जनाको उपस्थिति रहेको थियो।
उक्त अवसरमा नेकपा एमाले महालक्ष्मी नगरपालिका वडा नं. ४ का अध्यक्ष रामकुमार केसीको संयोजकत्वमा २०१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरिएको आयोजकले जनाएको छ।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!