Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / मध्यपुर थिमी–७ मा रास्वपाको उम्मेदवार परिचय तथा वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

मध्यपुर थिमी–७ मा रास्वपाको उम्मेदवार परिचय तथा वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

2 months, 2 weeks अगाडि | सिम्रन बिश्वकर्मा
मध्यपुर थिमी–७ मा रास्वपाको उम्मेदवार परिचय तथा वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर —

 मिति २०८२/१०/१७ गते साँझ १८:१० बजेबाट भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका वडा नं. ७ धुन्चेपाखा स्थित मगरधुन्चे पोलिक्लिनिक प्रा.लि.मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार परिचय तथा वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


 

कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमी नगर सचिव मुरारी नेपालको सभापतित्वमा सम्पन्न भएको थियो भने रास्वपा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार राजिव खत्री प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।


 

कार्यक्रममा रास्वपा भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेत, रास्वपा मध्यपुर थिमी नगर सभापति न्हुछे रत्न मानन्धर, पार्टीका विभिन्न तहका पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा करिब ३५ देखि ४० जनासम्मको सहभागिता रहेको आयोजकले जनाएका छन्।


 

अन्तरक्रिया कार्यक्रममा उम्मेदवार खत्रीले पार्टीको नीति, कार्यक्रम तथा आगामी निर्वाचनका प्राथमिकताबारे धारणा राख्दै स्थानीय समस्या समाधानका लागि रास्वपा प्रतिबद्ध रहेको बताए। सहभागीहरूले स्थानीय विकास, सुशासन र जनउत्तरदायी राजनीतिका विषयमा आफ्ना जिज्ञासा तथा सुझावहरू राखेका थिए।


 

कार्यक्रमले वडा स्तरमा पार्टी संगठन सुदृढ गर्दै मतदातासँग प्रत्यक्ष संवाद स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ रहेको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement