ललितपुरमा रास्वपाको घरदैलो कार्यक्रम सुरु
ललितपुर ।
मिति २०८२ साल माघ २० गते बिहान ०८:०५ बजेदेखि ललितपुर महानगरपालिका–२० स्थित पाटन ढोकाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ललितपुर निर्वाचन क्षेत्र नम्बर २ को आयोजनामा चुनावी प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम सुरु गरिएको छ।

घरदैलो कार्यक्रममा ललितपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार जगदीश खरेलसहित पार्टीका कार्यकर्ता तथा समर्थक गरी करिब ३० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रम पाटन ढोका हुँदै गाहिती चोबु, तः ननि, सेथुगणेश, न्याध्ले, सिकबही, तापाहिति, शखमुल, न्यालखु, दथुल, तल्छे, मनिडो, इखाछे, खोल्चापोखरी, आल्कोहिति, खतल, चिल्ड्रेन पार्क, वागल्दोल, इमुखेललगायतका स्थान परिक्रमा गर्दै पुनः पाटन ढोकामै पुगेर सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।

घरदैलोका क्रममा उम्मेदवार खरेलले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, कार्यक्रम तथा आगामी योजनाबारे जानकारी गराउँदै समर्थनका लागि आग्रह गरेका थिए।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!