ललितपुर–१२ मा रास्वपा नेताको धन्यवाद तथा सुझाव संकलन कार्यक्रम
ललितपुर ।
मिति २०८२ फागुन २८ गते दिउँसो १५:३० बजेदेखि १६:५० बजेसम्म ललितपुर महानगरपालिका–१२ स्थित रुद्रवर्ण महाबिहारको प्रांगणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा स्थानीयहरूसँग भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ।

रास्वपा ललितपुर निर्वाचन क्षेत्र नं. ०२ बाट गत निर्वाचनमा विजयी प्रतिनिधि सभा सदस्य जगदीश खरेलको नेतृत्वमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दासँग भेटघाट गर्दै धन्यवाद व्यक्त गर्नुका साथै उनीहरूको समस्या सुन्ने र सुझाव संकलन गर्ने काम गरिएको थियो।

कार्यक्रममा रास्वपा ललितपुर निर्वाचन क्षेत्र नं. ०२ का सभापति श्रीकण्ठ नेम्कुल, रास्वपा ललितपुर महानगर सभापति ललित महर्जन, रास्वपा महालक्ष्मी नगरपालिका सभापति विश्वनाथ खड्का लगायत करिब ७० जनाको उपस्थिति रहेको थियो।


कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले क्षेत्रका विभिन्न विकास, सेवा सुविधा तथा जनसरोकारका विषयमा आफ्ना गुनासा र सुझाव राखेका थिए। सो कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!