Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

2 months, 1 week अगाडि | Simran bishokarma
काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चोक ।

 मिति २०८२/१०/२१ गते ११:५० बजेबाट काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं. ०४ स्थित नगरपालिकाको सभाहलमा जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को निर्वाचन आचारसंहिता सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।


 

कार्यक्रम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत प्रेम प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख दिनेश शिवाकोटी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका विभिन्न राजनीतिक दलका उम्मेदवारहरू, सुरक्षा निकायका प्रमुखहरू, पत्रकार तथा कर्मचारीहरू लगायत २०–२५ जनाको उपस्थिति रहेको थियो।


 

अन्तरक्रिया कार्यक्रममा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र कानुनसम्मत रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पालना, प्रचार–प्रसारका मापदण्ड, सुरक्षा व्यवस्थापन तथा सरोकारवालाहरूको भूमिका विषयमा विस्तृत छलफल गरिएको थियो।


 

कार्यक्रममा वक्ताहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला निकायहरूलाई आग्रह गर्दै लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सबैको साझा जिम्मेवारी रहने धारणा व्यक्त गरेका थिए।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement