Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / काभ्रेमा मृत फेला परेको घटनापछि प्रहरी कार्यालयमा तोडफोड, १८ जना नियन्त्रणमा

काभ्रेमा मृत फेला परेको घटनापछि प्रहरी कार्यालयमा तोडफोड, १८ जना नियन्त्रणमा

2 months, 1 week अगाडि | Simran bishokarma
काभ्रेमा मृत फेला परेको घटनापछि प्रहरी कार्यालयमा तोडफोड, १८ जना नियन्त्रणमा

काभ्रे जिल्लाको पनौती नगरपालिका–१ खानिखोला क्षेत्रमा २०८२ साल पुस २२ गते बिहान ८:०० बजे माझगाउँ बस्ने अन्दाजी २७ वर्षीय बिजेन्द्र तामाङ सडकको दायाँपट्टि लडेको अवस्थामा मृत फेला परेको खबर प्राप्त भएपछि प्रहरी चौकी कुशादेवीबाट प्र.स.नि. टेक प्रसाद सापकोटाको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। टोलीले ८:४५ बजे घटनास्थल सुरक्षित राख्दै प्रारम्भिक निरीक्षण गर्दा टाउको पछाडि सामान्य चोट देखिएको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपाबाट SOCO अधिकृतसहितको टोली खटाइएको प्रहरीले जनाएको छ।


 

उक्त घटनासँग सम्बन्धित विषयलाई लिएर २०८२ साल माघ २५ गते बिहान ११:२० बजे बनेपा नगरपालिका–८ स्थित इलाका प्रहरी कार्यालयमा स्थानीय बासिन्दाको भीड जम्मा भई तोडफोड गरेको प्रहरीले जनाएको छ। करिब ६०–७० जना स्थानीयको उपस्थितिमा प्रहरी कार्यालयको झ्यालका सिसा फुटाइएको र स्थिति नियन्त्रणमा लिन प्रहरीले हस्तक्षेप गरेको थियो।


 

घटनामा संलग्न भएको आरोपमा १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लगिएको काभ्रे प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement