काङ्ग्रेस मण्डनदेउपुर नगर समितिको समन्वयात्मक कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक — मिति २०८२/१०/१४ गते, काभ्रेपलान्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं ७ स्थित कुनताबेसी चाखोला जलाधारको हलमा नेपाली कांग्रेस मण्डनदेउपुर नगर कार्य समितिको आयोजना भएको समन्वयात्मक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता नगर समितिका सभापति कश्य पौडेलले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार मधु आचार्य उपस्थित हुनु भएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव माधव ढकाल, पाँचखाल नगरपालिका प्रमुख महेश खरेल, मण्डनदेउपुर नगरपालिका उपमेयर विष्णु मणि नेपाल लगायत अन्य राजनीतिक तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।
अनुमानित १५०–२०० जनाको सहभागितामा सम्पन्न उक्त कार्यक्रमले नगर स्तरीय समन्वय र पार्टीको गतिविधिलाई अझ सुदृढ बनाउने उद्देश्य राखेको आयोजकहरूले बताएका छन्।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!