गोदावरी–३ मा एमालेको निर्वाचन परिचालन भेला सम्पन्न
गोदावरी नगरपालिका वडा नं ३ स्थित गोदावरी पार्टी प्यालेसमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) गोदावरी नगरपालिका–३ नं वडा कमिटीद्वारा आयोजना गरिएको निर्वाचन परिचालन भेला कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८२/१०/१९ गते बिहान ०९:१५ बजेदेखि सुरु भएको उक्त भेलामा प्रतिनिधिसभा ललितपुर क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार चेतनाथ संजेलको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेल रहनु भएको थियो।

भेला कार्यक्रम गोदावरी नगर कमिटी अध्यक्ष प्रलाद सिलवालको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा ललितपुर क्षेत्र नं १ को निर्वाचन परिचालन संयोजक शुसिला नेपाल, सहसंयोजक तारा संजेल, एमाले ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य, जिल्ला सचिव प्रभाकर थापा, गोदावरी नगर कमिटी अध्यक्ष बिक्रम घिमिरे लगायतका नेताहरूको सहभागिता रहेको थियो।

भेलामा आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा निर्वाचन रणनीतिबारे छलफल गरिएको थियो। कार्यक्रममा करिब ६० देखि ७० जना पार्टी कार्यकर्ता तथा नेताहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!