Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / झापा–काठमाडौं सम्पर्क कमिटीद्वारा एमालेको निर्वाचन विशेष भेटघाट कार्यक्रम सुरु

झापा–काठमाडौं सम्पर्क कमिटीद्वारा एमालेको निर्वाचन विशेष भेटघाट कार्यक्रम सुरु

2 months, 1 week अगाडि | Simran bishokarma
झापा–काठमाडौं सम्पर्क कमिटीद्वारा एमालेको निर्वाचन विशेष भेटघाट कार्यक्रम सुरु


 

काठमाडौं, २०८२/१०/२१

नेकपा एमाले झापा–काठमाडौं सम्पर्क कमिटीको आयोजनामा निर्वाचन विशेष भेटघाट कार्यक्रम काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित मण्डला व्यानकेटमा सुरु भएको छ।


 

साँझ १८:४० बजेबाट सुरु भएको कार्यक्रम सम्पर्क कमिटीका अध्यक्ष मनोज दाहालको अध्यक्षतामा भइरहेको छ। कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको छ भने उहाँको आगमन भने अझै बाँकी रहेको आयोजकले जनाएको छ।


 

कार्यक्रममा नेकपा एमाले सचिव तथा कोशी प्रदेशका मुख्यमन्त्री मा. हिक्मत कार्की, केन्द्रीय सदस्य मोहनराज रेग्मी, कोशी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष नवराज घिमिरे, सम्पर्क विशेष कमिटीका सचिव कपिलदेव ओली, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, सम्पर्क कमिटीका पूर्व अध्यक्ष रमेश भट्टराई, झापा–काठमाडौं सम्पर्क कमिटीका इन्चार्ज राम गौतम, सचिव युवराज बस्नेतलगायत नेताहरूको उपस्थिति रहेको छ।


 

निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा संगठन सुदृढीकरण, निर्वाचन रणनीति तथा पार्टीलाई विजयी बनाउने विषयमा छलफल हुने बताइएको छ। कार्यक्रममा करिब १४० देखि १५० जना नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement