भक्तपुरमा निर्वाचनको अन्तिम तयारीबारे संयुक्त साक्षात्कार कार्यक्रम सुरु
भक्तपुर, २०८२ फागुन २०
स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरको आयोजनामा आज ११:५५ बजे कमलविनायकस्थित सभाहलमा निर्वाचनको अन्तिम तयारीबारे संयुक्त साक्षात्कार तथा पत्रकार सम्मेलन कार्यक्रम सुरु भएको छ।

संघका जिल्ला उपाध्यक्ष मणिराम लामिछानेको अध्यक्षतामा आयोजित कार्यक्रममा भक्तपुर क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत नवराज दाहाल, क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत राधिका सुवाल, सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य तथा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगु लगायतको उपस्थिति रहेको छ।

कार्यक्रममा विभिन्न सञ्चारकर्मी, पत्रकार तथा सुरक्षाकर्मी गरी करिब १८/२० जनाको सहभागिता रहेको छ। आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन गरिएका तयारी, सुरक्षा प्रबन्ध तथा व्यवस्थापनका विषयमा कार्यालय प्रमुखहरूसँग प्रत्यक्ष संवाद भइरहेको आयोजकले जनाएको छ।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!