Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / समाचार / बानेश्वरमा रास्वपाको घरदैलो कार्यक्रम, रन्जु दर्शना न्यौपानेसहित २० जनाको सहभागिता

बानेश्वरमा रास्वपाको घरदैलो कार्यक्रम, रन्जु दर्शना न्यौपानेसहित २० जनाको सहभागिता

2 months, 2 weeks अगाडि | Simran bishokarma
बानेश्वरमा रास्वपाको घरदैलो कार्यक्रम, रन्जु दर्शना न्यौपानेसहित २० जनाको सहभागिता

काठमाडौँ 

 मिति २०८२/१०/१५ गते बिहान ०८:४५ बजेदेखि काठमाडौँ महानगरपालिका–३१ बानेश्वरस्थित देउराली क्लबबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ क्षेत्र नम्बर ०१ की प्रतिनिधिसभा उम्मेदवार रन्जु दर्शना न्यौपानेको नेतृत्वमा घरदैलो कार्यक्रम सुरु भएको छ।


 

घरदैलो कार्यक्रममा रास्वपाकी नेतृ रिमा विश्वकर्मा, नेतृ बिबा थापा लगायत १८–२० जना पार्टी कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।

देउराली क्लबबाट सुरु भएको उक्त कार्यक्रम काठमाडौँ मनपा–३१ ठुलो घरी बोट हुँदै शान्तिनगरसम्म पुगेर पुनः देउराली क्लबमै आएर समापन हुने जानकारी प्राप्त भएको छ।


 

घरदैलोका क्रममा सहभागीहरूले

“भोट के मा? घण्टीमा,”

“आयो आयो घण्टी आयो,”

“भोट कसलाई? रन्जुलाई”

जस्ता नाराहरू लगाउँदै मतदातासँग प्रत्यक्ष भेटघाट तथा आग्रह गरेका थिए।


 

कार्यक्रमका क्रममा उम्मेदवार न्यौपानेले मतदातासँग संवाद गर्दै सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिका लागि रास्वपालाई सहयोग गर्न आग्रह गरेकी थिइन्।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement