सामुदायिक बचत तथा ऋण सहकारीको ३२औँ स्थापना दिवस : सदस्यहरूसँग अन्तर्क्रिया र सम्मान कार्यक्रम सम्पन्न
काभ्रे |
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काभ्रे (पनौती–४, टौखाल) को आयोजनामा संस्थाको ३२औँ स्थापना दिवसको अवसरमा सदस्यहरूसँग अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

मिति २०८२/१०/२० गते १३:१० बजेबाट काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेसीस्थित कुटुम्ब रिसोर्टमा सुरु भएको उक्त कार्यक्रम संस्थाका अध्यक्ष मुकुन्द शर्माको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका उप–सचिव प्रकाश बञ्जारा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा संस्थाका सदस्य दिनेश सत्यालसहित कर्मचारी तथा शेयर सदस्य गरी करिब ८० देखि ९० जनाको उल्लेख्य सहभागिता रहेको थियो। स्थापना दिवसको अवसरमा सहकारीको संस्थागत विकास, वित्तीय अनुशासन, सदस्य–केन्द्रित सेवाका विषयमा गहन छलफल गरिएको थियो।

साथै, सहकारीको उन्नति र सुदृढीकरणमा योगदान पुर्याउने सदस्यहरूलाई सम्मान गर्दै आगामी दिनमा सहकारी अभियानलाई अझ प्रभावकारी र पारदर्शी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!