Rastriya Bahas
2026 June 05, Friday
गृहपृष्ठ / स्वास्थ्य / लागू औषध दुर्व्यसन विरुद्धको दुई दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न

लागू औषध दुर्व्यसन विरुद्धको दुई दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न

11 months, 3 weeks अगाडि | Simran Bishowkarma
लागू औषध दुर्व्यसन विरुद्धको दुई दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न

भगवतीमाई गाउँपालिका–१, बेस्ताडामा लागू औषध दुर्व्यसन विरुद्धको दुई दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। 

गाउँ युवा परिषद्को आयोजनामा तथा शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्य र मिडिया पार्टनर सीपको सहयोगमा सो कार्यक्रम जेठ २८ र २९ गते सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन तथा समापन सत्र सभाध्यक्ष राजेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, विशिष्ट अतिथि उपाध्यक्ष मिना कुमारी खड्का, अतिथि नेपाल शिक्षक संघ कर्णाली प्रदेश अध्यक्ष देवेन्द्र अधिकारीसहित अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

सभाध्यक्ष अधिकारीले युवालाई सम्बोधन गर्दै भने,–‘हाम्रो जीवन नै जितबाट सुरू हुन्छ । युवाहरू उदाउँदो सूर्य हो, अझ धेरै ऊर्जा छ। यदि कोही युवाले लागू औषध प्रयोग गरिरहनुभएको छ भने, आजैबाट त्याग्न अनुरोध गर्दछु ।’

प्रमुख अतिथि थापाले आफ्ना बाल्यकालका अनुभव सुनाउँदै भने,–‘युवा मेरमा मैले चप्पलसम्म लगाउन पाएको थिइन । कक्षा आठमा मात्र पहिलोपटक जुत्ता लगाएको थिए । कटुजको पात कुटेर झोल बनाएर त्यसैबाट निकालोको कलम बनाएर पढ्ने गरेका  थिए ।’

विशिष्ट अतिथि उपाध्यक्ष खड्काले युवातर्फ लक्षित गर्दै यो वर्षदेखि युवा र बालबालिकाका कार्यक्रमका लागि अझ बढी बजेट विनियोजन गर्ने प्रतिबद्धता लिएका छन् । । समाजमा परिवर्तन ल्याउन हामी सबैको योगदान आवश्यक रहेको बताउँदै उनले  जुन ठाउँमा छौँ, त्यहींबाट परिवर्तनको सुरुआत गर्नुपर्ने बताए । 

कार्यक्रममा सहभागिता जनाएका युवाहरूले आफूहरूले धेरै कुरा सिकेको अनुभव सुनाउँदै यस्ता कार्यक्रमहरू भविष्यमा पनि आयोजना गर्न अनुरोध गरेका थिए।

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement

ताजा खबर

विज्ञापन
Advertisement
विज्ञापन
Advertisement