दुबै मृगौला फेल भएपछि लालु बुढाको उपचारमा समस्या, सहयोगका लागि अपिल
सल्यान, बनगाड कुपिण्डे नगरपालिका–२ बामे निवासी ४१ वर्षीय लालु बुढाको दुबै मृगौला फेल भएपछि उपचारमा गम्भीर समस्या उत्पन्न भएको छ। आर्थिक अवस्था कमजोर भएका कारण निरन्तर उपचार गर्न कठिन भएपछि उहाँको परिवारले सहयोगका लागि सबैमा अपिल गरेका छन्।

हाल उहाँको उपचार बाँकेको कोहलपुरस्थित दस बिगा अस्पतालमा भइरहेको छ। चिकित्सकका अनुसार दुबै मृगौला फेल भइसकेपछि उहाँको मृगौला प्रत्यारोपण (किड्नी ट्रान्सप्लान्ट) गर्नुपर्ने अवस्था रहेको छ। यसअघि भारतका विभिन्न अस्पतालमा उपचार गर्दा परिवारको सबै आर्थिक स्रोत सकिएको र अहिले औषधि तथा उपचार खर्च जुटाउन समेत समस्या भइरहेको बताइएको छ।

लालु बुढाकी श्रीमतीले देश तथा विदेशमा रहेका सम्पूर्ण मनकारी सहयोगी दाजुभाइ तथा दिदीबहिनीहरूलाई मानवताको नाताले सहयोग गर्न हार्दिक अपिल गर्नुभएको छ। “जति सक्नु हुन्छ, उहाँको जीवन बचाउन सहयोग गरिदिनुहोस्,” उहाँको भनाइ छ।

युवा निर्माण व्यवसायी दिलिप खत्रीका अनुसार, उहाँ र आफन्तहरूको पहलमा बिरामीलाई कोहलपुरको दस बिगा अस्पतालसम्म ल्याएर उपचार सुरु गरिएको हो। तर, उपचारमा ठूलो रकम आवश्यक पर्ने भएकाले सहयोग संकलनका लागि अपिल गरिएको उहाँले जानकारी दिनुभयो।
बिरामीका भाइको सम्पर्क नम्बर: ९७६३८७७३७३

मानव जीवन जोगाउने यस अभियानमा सबैको सहयोग अपरिहार्य रहेकोले, सक्दो सहयोग गरी एक जीवन बचाउन हातेमालो गरिदिनुहुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा अनुरोध गरिएको छ।
ताजा खबर
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!