उज्यालो नेपाल पार्टी रामेछापको बृहत कार्यकर्ता भेला काठमाडौंमा सुरु
काठमाडौं ।
उज्यालो नेपाल पार्टी रामेछाप जिल्ला कमिटीको आयोजनामा बृहत कार्यकर्ता भेला काठमाडौंमा सुरु भएको छ।
मिति २०८२/१०/१३ गते दिउँसो १३:१५ बजे काठमाडौ महानगरपालिका–३२ कोटेश्वरस्थित ए वान क्याफेमा “सुशासन, समृद्धि र सामाजिक न्यायका लागि उज्यालो नेपाल पार्टी” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम उज्यालो नेपाल पार्टी रामेछाप जिल्ला कमिटीका संयोजक अन्जान घिसिङको अध्यक्षतामा सुरु भएको हो। भेलामा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको भए पनि समाचार तयार पार्दासम्म प्रमुख अतिथि कार्यक्रम स्थलमा आइपुग्न बाँकी रहेको आयोजकले जनाएको छ।

कार्यक्रमका अतिथिहरूमा उज्यालो नेपाल पार्टी रामेछापका प्रतिनिधि सभा उम्मेदवार दिप बहादुर योन्जन, समानुपातिक उम्मेदवार चुनावलाल रहेका छन्। त्यसैगरी पार्टीका केन्द्रीय सदस्यहरू केदार खड्का, रामकृष्ण खड्का, बृषला घिसिङ, खड्क घिसिङ, सल्लाहकार सदस्य मानबहादुर दोङ बे, बाग्मती प्रदेश सचिवालय सदस्यहरू पदम बहादुर घिसिङ, टलक लामा, स्वरुप सिंह मोक्तान, जपराम घिसिङ, अमृत रुम्बा, अमिर तामाङ, श्याम घिसिङ लगायतको उपस्थिति रहेको छ।

भेलामा NRN प्रतिनिधि उज्वल कुमार घिसिङ, उज्यालो नेपाल पार्टीका सचिव राजकुमार लामिछाने सहित करिब ७० देखि ८० जना कार्यकर्ता तथा नेताहरूको सहभागिता रहेको छ।

कार्यक्रममा पार्टीको संगठन विस्तार, आगामी राजनीतिक कार्यदिशा, सुशासन र सामाजिक न्यायका विषयमा छलफल हुने जनाइएको छ।
सम्बन्धित खबर
ताजा खबर
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु