Rastriya Bahas
2026 April 17, Friday
गृहपृष्ठ / शिक्षा / फोन संवादमै अभिभावकमाथि दुर्व्यवहार : यज्ञ पिस होम्स एकेडेमीका प्रधानाध्यापक सुवास खड्कामाथि गम्भीर आरोप

फोन संवादमै अभिभावकमाथि दुर्व्यवहार : यज्ञ पिस होम्स एकेडेमीका प्रधानाध्यापक सुवास खड्कामाथि गम्भीर आरोप

9 months, 3 weeks अगाडि | Simran Bishwokarma
फोन संवादमै अभिभावकमाथि दुर्व्यवहार : यज्ञ पिस होम्स एकेडेमीका प्रधानाध्यापक सुवास खड्कामाथि गम्भीर आरोप

वीरेन्द्रनगर–६ स्थित यज्ञ पिस होम्स एकेडेमीका प्रधानाध्यापक सुवास खड्कामाथि एक अभिभावकमाथि दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ। पीडित अभिभावकका अनुसार दुर्व्यवहार विद्यालयको चारदिवारभित्र मात्र नभई टेलिफोन संवादकै क्रममा भएको हो।

अभिभावकले बताएअनुसार उनले आफ्ना छोराको शैक्षिक प्रगतिको बारेमा जानकारी लिन विद्यालयमा फोन सम्पर्क गरेका थिए। तर सो क्रममा प्रधानाध्यापक खड्काकी श्रीमतीले संवादलाई अन्यथा अर्थ लगाउँदै गम्भीर आरोप लगाए मात्र होइनन्, अपशब्द प्रयोग गरी गालीगलोज तथा धम्कीपूर्ण भाषा समेत प्रयोग गरेको दाबी गरिएको छ। 'मैले आफ्ना छोराको पढाइको विषयमा शान्तिपूर्वक कुरा गर्दै थिएँ, तर उहाँहरूले कुरा बिगार्दै मलाई डरधम्की र गालीगलोज गर्नुभयो,' पीडित अभिभावकले बताए।

 

उक्त घटनाले उनीलाई मानसिक रूपमा निकै पीडा पुगेको बताउँदै उनले यसले आफूलाई असुरक्षित महसुस गराएको जनाएका छन्। अभिभावकले विद्यालय प्रशासनसँग घटनाको गम्भीरतापूर्वक छानबिन गरी जिम्मेवार पक्षमाथि आवश्यक कारबाहीको माग गरेका छन्। यदि विद्यालयले समयमै उचित जवाफ नदिए कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएका छन्।

विद्यालय प्रशासनले हालसम्म यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। स्थानीय समुदाय तथा अन्य अभिभावकहरू विद्यालयको व्यवहारप्रति चासो र चिन्ता व्यक्त गरिरहेका छन्। शैक्षिक वातावरणमा यस्ता घटनाले संस्थामाथिको विश्वासमा आँच पुग्ने र अभिभावक–विद्यालय सम्बन्ध कमजोर बनाउने शिक्षाविद्हरूको चेतावनी छ।

यो शेयर गर्नुहोस्: