कर्णाली नारी सम्मान समारोह तथा चलचित्र ‘सतिदेवी’को विशेष प्रदर्शन भव्य रूपमा सम्पन्न
सुर्खेत, असार ७, महिलाको सशक्तिकरण, पहिचान र प्रेरणाका लागि समर्पित ‘कर्णाली नारी सम्मान समारोह २०८२’ तथा नारीप्रधान नेपाली चलचित्र ‘सतिदेवी’ को विशेष शो सुर्खेतस्थित लक्ष्मी चलचित्र मन्दिरमा भव्य रूपमा सम्पन्न भएको छ।
एबिथष्लन युथ अर्गनाइजेसनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा करिब ४०० भन्दा बढी युवायुवती, विद्यार्थी, शिक्षक, पत्रकार, संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समारोहको अध्यक्षता प्रकाश खड्काले गरेका थिए भने प्रमुख अतिथिका रूपमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलको उपस्थिति थियो। कार्यक्रममा जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढा, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल, अखिल क्रान्तिकारीकी पूर्व केन्द्रिय अध्यक्ष पञ्चा सिंह, भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष मिना कुमारी खड्का, पाइलट सिर्जना रावत, राष्ट्रिय खेलाडी सुनमाया बुढा, पत्रकार माया थापा र तृप्ति शाही, सामाजिक अभियन्ता यमुना सापकोटा, महिला उद्धमी हिमकुमारी उपाध्याय, तथा राउटे र सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का ९अधिकारी० विशेष पाहुनाका रूपमा सहभागी थिए।

कार्यक्रममा विभिन्न क्षेत्रहरूमा उल्लेखनीय योगदान पुर्याउने महिलाहरुलाई “कर्णाली नारी सम्मान २०८२” बाट सम्मानित गरिएको थियो। उनीहरूले आ–आफ्नो क्षेत्रमा पुर्याएको योगदानप्रति प्रशंसा पाएका थिए।

समारोहमा प्लेइङ फर चेन्जका सल्लाहकार तथा युवा नेता भूपेन्द्रजंग शाही, संस्थाका उपाध्यक्ष राजेन्द्र अधिकारी, स्वयंसेवक सुस्मा तिवारी, निश्चल कोईराला, भक्तबहादुर थापा, समीर खत्री लगायतको सक्रिय भूमिकाले कार्यक्रम सफल भएको आयोजकले जनाएका छन्।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने लक्ष्मी चलचित्र मन्दिरको टिम, प्रायोजक बी।सी। ग्रुप अफ कम्पनीज, मुना डिजाइन तथा अन्य साझेदार संस्थाहरूप्रति आयोजक टोलिले आभार व्यक्त गरेको छ।
ताजा खबर
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!