Rastriya Bahas
2026 June 05, Friday
गृहपृष्ठ / समाचार / सहिदको सम्झनामा संघीय संसद भवन अगाडि क्षमा याचना पूजा तथा सत्याग्रह कार्यक्रम

सहिदको सम्झनामा संघीय संसद भवन अगाडि क्षमा याचना पूजा तथा सत्याग्रह कार्यक्रम

4 months अगाडि | Simran bishokarma
सहिदको सम्झनामा संघीय संसद भवन अगाडि क्षमा याचना पूजा तथा सत्याग्रह कार्यक्रम

काठमाडौँ ।

मिति २०८२/१०/१९ गते बिहान १०:०० बजेबाट काठमाडौँ महानगरपालिका–३१ स्थित संघीय संसद भवनको गेट नं. १ अगाडि जेन्जि सुशासन योद्धा परिवारको आयोजनामा सहिदहरूको सम्झनामा समर्पित क्षमा याचना पूजा, होम, धूप–धुपार तथा आत्मशान्ति सत्याग्रह पुण्ड कार्यक्रम सुरु भएको छ।


 

कार्यक्रममा गुरु प्राध्यापक विष्णुप्रसाद दाहाल, गोरखनाथ गुरु बुद्धनाथ, जेन्जि सुशासन सपोटर सुनिता भट्टराई, सहिद परिवारबाट प्रतिमाया पुन, जेनजि घाइते अभिषेक श्रेष्ठ, Zen Z Returns… 🇳🇵 for Justice, Gen Z Zen G Nepal का अभियन्ता युवराज जङ थापा, आर.एन. अधिकारी, सफल घिमिरे, मनिष घिमिरेलगायत गरी करिब १३–१४ जनाको उपस्थिति रहेको छ।


 

कार्यक्रममा सहिदहरूको आत्माको शान्ति र न्यायका लागि सत्य, अहिंसा र सुशासनको मागसहित धार्मिक तथा सांकेतिक विधिहरू सम्पन्न गरिँदै आत्मशान्ति सत्याग्रह जारी राखिएको आयोजकले जनाएको छ।


 

आयोजकका अनुसार कार्यक्रममार्फत राज्यलाई सहिदप्रति सम्मान, न्याय र उत्तरदायित्व बहन गर्न नैतिक दबाब सिर्जना गर्ने उद्देश्य राखिएको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement

ताजा खबर

विज्ञापन
Advertisement
विज्ञापन
Advertisement