सडक विस्तारका क्रममा ढिस्को खस्दा स्काभेटर चालकको मृत्यु
4 weeks, 2 days अगाडि
|
Simran bishokarma
काभ्रेपलाञ्चोक —
काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–७ टाडिगाउँस्थित मध्यपहाडी लोकमार्ग सडक खण्डमा सडक विस्तारका क्रममा भएको दुर्घटनामा एक स्काभेटर चालकको मृत्यु भएको छ।

मिति २०८३ साल वैशाख २२ गते साँझ करिब ५:२० बजे सडक चौडा बनाउन ट्र्याक खन्ने क्रममा माथिबाट ढुङ्गासहितको ठूलो ढिस्को खस्दा बा २ क २७९२ नम्बरको स्काभेटर पुरिएको थियो। उक्त दुर्घटनामा स्काभेटर चालक जिल्ला रौतहट पौराही गाउँपालिका–३ निवासी ४१ वर्षीय दिलिप स्माली क्याबिनभित्रै च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार प्रयास गरिए पनि चालकको ज्यान जोगाउन नसकिएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
सम्बन्धित खबर
विज्ञापन
ताजा खबर
कर्णालीमा अब स्थायी क्रिकेट मैदान बन्ने, १०औँ राष्ट्रिय खेलकुदमा केन्द्रले ढिलाइ गरेको मुख्यमन्त्रीको आरोप
18 hours, 54 minutes अगाडि
दैलेखको भगवतीमाईमा विद्यालय व्यवस्थापन समितिका दलित सदस्यमाथि कुटपिट र जातीय विभेद
1 day, 16 hours अगाडि
पूर्वमहाप्रबन्धक गणेश रसिकको पहिलो स्मृतिमा 'गणेश रसिक साङ्गीतिक कार्यक्रम २०८३' सुरु
4 days, 17 hours अगाडि
विज्ञापन
विज्ञापन