Rastriya Bahas
2026 June 05, Friday
गृहपृष्ठ / समाचार / दैलेखको भगवतीमाईमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम गाउँपालिका अधिवेशन हुँ

दैलेखको भगवतीमाईमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम गाउँपालिका अधिवेशन हुँ

1 week अगाडि | Simran bishokarma
दैलेखको भगवतीमाईमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम गाउँपालिका अधिवेशन हुँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सांगठनिक विस्तार अभियान अन्तर्गत दैलेखको भगवतीमाई गाउँपालिकामा प्रथम गाउँपालिका अधिवेशन हुने भएको छ। 'परिवर्तन सम्भव छ' भन्ने नाराका साथ पार्टीले आगामी जेठ १६ गते भगवतीमाई गाउँपालिकामा आफ्नो पहिलो स्थानीय अधिवेशन गर्न लागेको हो।


गाउँपालिकाको बेस्तडा बजारस्थित भगवतीमाई गाउँपालिकाको सभाहलमा आयोजना हुने उक्त अधिवेशन जेठ १६ गते बिहान ठीक ११:०० बजेदेखि सुरु हुने बताइएको छ।


अधिवेशनमा पार्टीका केन्द्रीय पदाधिकारी, स्थानीय नेता तथा कार्यकर्ताहरूको व्यापक उपस्थिति रहने र अधिवेशनले गाउँपालिकाको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ। रास्वपाले देशव्यापी रूपमा आफ्नो संगठन सुदृढीकरण र स्थानीय तहसम्म संगठन विस्तार गर्ने कार्यलाई तीव्रता दिइरहेको सन्दर्भमा भगवतीमाईमा हुन लागेको यो अधिवेशनलाई स्थानीय स्तरमा निकै चासोका साथ हेरिएको छ।


कार्यक्रममा सहभागी भई स्थानीय राजनीतिक परिदृश्य र पार्टीको आगामी कार्यदिशाबारे छलफलमा भाग लिन रास्वपा भगवतीमाईले सम्पूर्ण पार्टी आबद्ध नेता, कार्यकर्ता, शुभचिन्तक तथा आम सर्वसाधारणलाई हार्दिक निमन्त्रणा समेत गरेको छ।

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement

ताजा खबर

विज्ञापन
Advertisement
विज्ञापन
Advertisement