Rastriya Bahas
2026 June 05, Friday
गृहपृष्ठ / समाचार / काभ्रेपलाञ्चोकमा नेपाली काँग्रेसको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सुरु

काभ्रेपलाञ्चोकमा नेपाली काँग्रेसको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सुरु

4 months अगाडि | Simran bishokarma
काभ्रेपलाञ्चोकमा नेपाली काँग्रेसको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सुरु

काभ्रेपलाञ्चोक । 

मिति २०८२/१०/२१ गते बिहान १०:३० बजेदेखि काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिका वडा नं. ७ आहालेमा नेपाली काँग्रेसको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सुरु भएको छ।


 

नेपाली काँग्रेस महाभारत गाउँ समिति वडा नं. ०७ वडा समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रम आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सञ्चालन गरिएको हो।


 

कार्यक्रममा नेपाली काँग्रेस काभ्रेपलाञ्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ०१ का उम्मेदवार गुणराज मोक्तान, जिल्ला सभापति तिर्थ लामा, जिल्ला सदस्य बद्रीनाथ खकुरेल, महाभारत गाउँ समिति सभापति सागर मोक्तान, वडा समिति सभापति जितबहादुर पाख्रिन, चुनाव प्रचार–प्रसार संयोजक निमा बल लगायत नेपाली काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।


 

करिब ४० देखि ४५ जनाको सहभागितामा सुरु गरिएको उक्त कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष भेटघाट, घरदैलो तथा पार्टीका नीति–कार्यक्रमबारे जानकारी गराउने कार्य गरिएको आयोजकले जनाएको छ।


 

नेपाली काँग्रेसले महाभारत गाउँपालिकाका विभिन्न वडाहरूमा यस किसिमका मतदाता केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement

ताजा खबर

विज्ञापन
Advertisement
विज्ञापन
Advertisement