Rastriya Bahas
2026 June 05, Friday
गृहपृष्ठ / समाचार / मेलम्ची खोलामा पौडी खेल्ने क्रममा दुई किशोरी डुब्दा एकको मृत्यु, एक बेपत्ता

मेलम्ची खोलामा पौडी खेल्ने क्रममा दुई किशोरी डुब्दा एकको मृत्यु, एक बेपत्ता

1 month, 1 week अगाडि | Simran bishokarma
मेलम्ची खोलामा पौडी खेल्ने क्रममा दुई किशोरी डुब्दा एकको मृत्यु, एक बेपत्ता

सिन्धुपाल्चोक —

 मेलम्ची नगरपालिकास्थित मेलम्ची खोलामा पौडी खेल्ने क्रममा दुई किशोरी डुब्दा एक जनाको मृत्यु भएको छ भने अर्की अझै बेपत्ता रहेकी छन्।


 

जिल्ला प्रहरीका अनुसार मिति २०८३ साल बैशाख १४ गते साँझ करिब ५:१० बजे मेलम्ची खोला मा पौडी खेल्ने क्रममा डुबेर सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ ज्यामिरे घर भएकी १८ वर्षीया निर्जला गिरीको मृत्यु भएको हो। उनको शव मेलम्चीस्थित बाङ्गेसिमल क्षेत्रमा फेला परेको प्रहरीले जनाएको छ।


 

यसै घटनामा पाँचपोखरी थाङपाल गाउँपालिका–६ सियाले बस्ने १४ वर्षीया अन्जिता जोशी भने अझै बेपत्ता रहेकी छन्। उनको खोजीकार्य जारी रहेको र स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीको टोलीले घटनास्थल आसपासमा खोजी तीव्र पारेको छ।


 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement

ताजा खबर

विज्ञापन
Advertisement
विज्ञापन
Advertisement