Rastriya Bahas
2026 June 05, Friday
गृहपृष्ठ / समाचार / माई चण्डेश्वरी जात्रा सुरु, बनेपामा धार्मिक उल्लास

माई चण्डेश्वरी जात्रा सुरु, बनेपामा धार्मिक उल्लास

1 month अगाडि | Simran bishokarma
माई चण्डेश्वरी जात्रा सुरु, बनेपामा धार्मिक उल्लास

काभ्रेपलाञ्चोक — 

बनेपा नगरपालिका–०८, पुरानो बजारमा करिब २५०० वर्षदेखि निरन्तर चल्दै आएको ऐतिहासिक तथा धार्मिक माई चण्डेश्वरी जात्रा आज (मिति २०८३/०१/१८) अपराह्न १५:०५ बजेदेखि सुरु भएको छ।


 

स्थानीयका अनुसार देवीहरूका शक्तिपीठमध्ये एक मानिने माई चण्डेश्वरीको विशेष महत्त्वका कारण यो जात्रा बनेपाबासीका प्रमुख तथा महत्वपूर्ण चाडहरूमध्ये एक हो। परम्परागत विधिअनुसार आज बनेपा–०८ स्थित तीनधारमा करिब १६:०० बजे भेडा बलि दिएपछि रथलाई बोकेर चण्डेश्वरी मन्दिरसम्म लगिने र पुनः तीनधारमै फर्काइनेछ। यसै प्रक्रियासँगै मुख्य जात्रा सम्पन्न हुने जनाइएको छ।


 

जात्राको अवसरमा स्थानीय बासिन्दा, भक्तजन तथा दर्शकहरूको उल्लेखनीय सहभागिता देखिएको छ। साथै, पर्सीदेखि सामूहिक भोज खुवाउने कार्यक्रमसमेत आयोजना गरिने तयारी गरिएको छ।


 

यो जात्राले बनेपाको धार्मिक आस्था, सांस्कृतिक पहिचान र सामुदायिक एकतालाई थप मजबुत बनाउँदै आएको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement

ताजा खबर

विज्ञापन
Advertisement
विज्ञापन
Advertisement