Rastriya Bahas
2026 June 05, Friday
गृहपृष्ठ / समाचार / महिला कल्याण, शिक्षा र युवा क्षमता अभिवृद्धिका लागि उद्यमीहरूसँग काठमाडौंमा छलफल

महिला कल्याण, शिक्षा र युवा क्षमता अभिवृद्धिका लागि उद्यमीहरूसँग काठमाडौंमा छलफल

2 weeks, 4 days अगाडि | Simran bishokarma
महिला कल्याण, शिक्षा र युवा क्षमता अभिवृद्धिका लागि उद्यमीहरूसँग काठमाडौंमा छलफल

काठमाडौं, ४ जेठ ।

काठमाडौंको नागार्जुन नगरपालिकामा महिला कल्याण, शिक्षा र युवाहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ उद्यमीहरूसँग एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ।


नागार्जुन नगरपालिका वडा नम्बर ५, हरिसिद्धिस्थित नगरपालिकाको सभाहलमा सोमबार मध्यान्ह १२ बजेदेखि उक्त कार्यक्रम सुरु भएको हो। 'उत्सा नेपाल प्रेजेन्ट्स' (Utsha Nepal Presents) को आयोजनामा सञ्चालित उक्त कार्यक्रमको नेतृत्व संस्थाका संस्थापक तथा अध्यक्ष मन्दिरा थापाले गर्नुभएको थियो।

कार्यक्रममा युवाहरूको क्षमता अभिवृद्धि गर्ने र उनीहरूमा रहेका नवीन सोच (Innovative Ideas) लाई कसरी सफल व्यवसायमा रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा सरोकारवाला तथा व्यवसाय उद्यमीहरूबीच गहन छलफल भएको थियो।

उत्सा नेपालका सहकर्मी सुनिल आचार्य लगायत करिब १५ देखि २० जना उद्यमी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा महिला तथा युवाहरूलाई आत्मनिर्भर बनाउन शिक्षा र उद्यमशीलताको भूमिकाबारे विभिन्न योजना र सम्भावनाहरूमाथि विचार विमर्श गरिएको थियो।


नवीन सोच बोकेका युवाहरूलाई व्यावसायिक मार्गनिर्देशन प्रदान गर्दै मुलुकको आर्थिक विकासमा जोड्न यस्ता छलफलहरूले महत्त्वपूर्ण भूमिका खेल्ने सहभागीहरूले बताएका छन्।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement

ताजा खबर

विज्ञापन
Advertisement
विज्ञापन
Advertisement