Rastriya Bahas
2026 June 05, Friday
गृहपृष्ठ / समाचार / ललितपुर–२ मा रास्वपाको घरदैलो अभियान सुरु

ललितपुर–२ मा रास्वपाको घरदैलो अभियान सुरु

4 months, 1 week अगाडि | Simran bishokarma
ललितपुर–२ मा रास्वपाको घरदैलो अभियान सुरु

ललितपुर।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ललितपुर क्षेत्र नम्बर २ ले प्रतिनिधि सभा सदस्य उम्मेदवारसहित घरदैलो कार्यक्रम सुरु गरेको छ।

मिति २०८२ साल माघ १४ गते बिहान ८:४५ बजेदेखि ललितपुर महानगरपालिका–१७ स्थित त्यागल चोकबाट घरदैलो कार्यक्रम औपचारिक रूपमा सुरु भएको हो। कार्यक्रममा रास्वपा ललितपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य जगदीश खरेल, क्षेत्रीय सभापति श्रीकण्ठ नेम्कुल लगायत करिब ३०–३५ जना पार्टी कार्यकर्ता तथा समर्थकहरूको सहभागिता रहेको थियो।


 

घरदैलो कार्यक्रम अन्तर्गत टोलीले त्यागल चोक, प्रभात स्कूल, लुंखुसी, बाःको, सुन्धारा, ओकुबहाल, कनिबहाल, मिडाट अस्पताल, बटुक भैरव, लगनखेल, प्रयागपोखरी, सौगल लगायतका विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट तथा संवाद गरेको थियो।


 

कार्यक्रमका क्रममा उम्मेदवार खरेलले रास्वपाको नीति, विचार र भावी योजनाबारे जानकारी गराउँदै मतदाताको सुझाव तथा गुनासो सुनेका थिए। सहभागीहरूले घरदैलो अभियानले पार्टी र जनताबीच प्रत्यक्ष संवाद स्थापित गर्न सहयोग पुगेको बताएका छन्।


 

घरदैलो कार्यक्रम अन्ततः त्यागल क्षेत्रमा पुगेर समापन गरिएको पार्टीले जनाएको छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement

ताजा खबर

विज्ञापन
Advertisement
विज्ञापन
Advertisement