Rastriya Bahas
2026 June 05, Friday
गृहपृष्ठ / समाचार / कर्णाली युवा महोत्सवको दोस्रो संस्करण वैशाख १९–२० मा हुँदै

कर्णाली युवा महोत्सवको दोस्रो संस्करण वैशाख १९–२० मा हुँदै

1 month अगाडि | Simran bishokarma
कर्णाली युवा महोत्सवको दोस्रो संस्करण वैशाख १९–२० मा हुँदै

सुर्खेत — 

युवाहरूको क्षमता, सिर्जनशीलता र नेतृत्व विकासलाई केन्द्रमा राख्दै “कर्णाली युवा महोत्सव” को दोस्रो संस्करण यही वैशाख १९ र २० गते आयोजना हुने भएको छ।


 

गत वर्षको पहिलो संस्करणबाट प्राप्त अनुभव, सिकाइ र उत्साहलाई निरन्तरता दिँदै यस वर्ष महोत्सव अझ व्यापक र प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ। महोत्सवको उद्देश्य युवाहरूको प्रतिभा पहिचान, क्षमता अभिवृद्धि तथा सामाजिक–सांस्कृतिक क्षेत्रमा सकारात्मक योगदान पुर्‍याउने रहेको छ।


 

आयोजकका अनुसार महोत्सव केवल औपचारिक कार्यक्रम नभई युवाहरूको शक्ति, सिर्जनशीलता र नेतृत्व विकास गर्ने साझा प्लेटफर्मका रूपमा स्थापित गरिनेछ। यसमार्फत युवाहरूलाई आफ्ना सीप र क्षमता प्रदर्शन गर्न अवसर प्रदान गरिनेछ भने आपसी सञ्जाल विस्तारमा पनि सहयोग पुग्ने विश्वास लिइएको छ।


 

कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट युवाहरूको सहभागिता रहनेछ। महोत्सवअन्तर्गत वक्तृत्वकला प्रतियोगिता, नेतृत्व विकास, सामाजिक अभियान, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिनेछ।


 

त्यसैगरी साहित्यिक कार्यक्रम, पुस्तक विमोचन, सांगीतिक प्रस्तुति तथा देउडा खेलजस्ता सांस्कृतिक गतिविधिहरू पनि महोत्सवको आकर्षण रहने आयोजकले जनाएको छ। विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने १० जना युवालाई “कर्णाली युथ आइकन अवार्ड” प्रदान गरिने कार्यक्रम समेत रहेको छ।


 

“परिवर्तनका लागि युवा” भन्ने मूल सन्देशसहित आयोजना हुन लागेको महोत्सवले कर्णालीको समग्र विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।


 

महोत्सवको संयोजन विनोदकुमार शाहीले गरेका हुन् भने विभिन्न संघसंस्थाको सहकार्यमा कार्यक्रम सञ्चालन हुनेछ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement

ताजा खबर

विज्ञापन
Advertisement
विज्ञापन
Advertisement