Rastriya Bahas
2026 June 05, Friday
गृहपृष्ठ / समाचार / कर्णाली प्रदेश अस्पतालमा डाक्टर अभाव समाधान गर्न प्रकाश खड्काको सक्रिय पहल

कर्णाली प्रदेश अस्पतालमा डाक्टर अभाव समाधान गर्न प्रकाश खड्काको सक्रिय पहल

1 month, 2 weeks अगाडि | Simran bishokarma
कर्णाली प्रदेश अस्पतालमा डाक्टर अभाव समाधान गर्न प्रकाश खड्काको सक्रिय पहल

केही दिनअघि मात्र एक जना नर्स खटाउने निर्णयलाई परिवर्तन गराउँदै १४ जना पुर्‍याउन सफल भएका प्रकाश खड्काले कर्णाली प्रदेश अस्पतालमा देखिएको डाक्टर अभावप्रति पुनः सक्रिय पहल थालेका छन्।


 

अस्पतालका निर्देशकबाट डाक्टर अभावबारे जानकारी पाएलगत्तै उनले तत्काल कदम चाल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग प्रत्यक्ष फोनमार्फत समन्वय गरेका छन्। उनले कर्णालीमा आवश्यक थप चिकित्सक पठाउन र हाल अन्यत्र खटिएका विशेषज्ञ चिकित्सकहरूलाई फिर्ता बोलाई सेवा प्रवाह सुदृढ बनाउनुपर्ने माग राखेका छन्।


 

कर्णालीका बिरामीहरूले लामो समयदेखि भोग्दै आएको उपचार समस्यालाई शीघ्र समाधान गर्ने उद्देश्यले गरिएको यस पहललाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने देखिन्छ।


 

यो शेयर गर्नुहोस्:
विज्ञापन
Advertisement

ताजा खबर

विज्ञापन
Advertisement
विज्ञापन
Advertisement