भ्रष्टाचार र कुशासनविरुद्ध नेकपाको निर्वाचन विशेष कार्यक्रम कोटेश्वरमा सम्पन्न
काठमाडौं ।
आज मिति २०८२/१०/१७ गते काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित पेरिसडाँडामा रहेको नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयमा नेपाली कम्युनिस्ट पार्टी रामेछाप–काठमाडौं सम्पर्क समितिको आयोजनामा निर्वाचन विशेष कार्यक्रम सम्पन्न भएको छ।

“भ्रष्टाचार र कुशासनमुक्त समाज निर्माण नेकपाको अभियान, समृद्धि र सुशासनका निम्ति तारा चिन्हमा अत्याधिक मतदान” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम दिउँसो १३:१५ बजेबाट सुरु भएको थियो।
कार्यक्रमको अध्यक्षता नेपाली कम्युनिस्ट पार्टी रामेछाप–काठमाडौं सम्पर्क समितिका अध्यक्ष प्रबल कुमार बलले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेकामा समाचार तयार पार्दासम्म उहाँको आगमन हुन बाँकी रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देब शंकर पौडेल, रामेछाप जिल्ला निर्वाचन परिचालन समिति संयोजक होम बुढाथोकी, नेपाली कम्युनिस्ट पार्टी रामेछाप जिल्ला प्रतिनिधि सभा प्रत्यक्षतर्फका उम्मेदवार एवं पार्टी केन्द्रीय सदस्य श्याम कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार कार्यक्रममा करिब २०० देखि २५० जनासम्मको सहभागिता रहेको थियो। वक्ताहरूले भ्रष्टाचार र कुशासनविरुद्ध सशक्त जनसमर्थन जुटाउँदै सुशासन र समृद्धिको यात्रामा नेकपालाई बलियो बनाउने विषयमा धारणा राखेका थिए।
सम्बन्धित खबर
ताजा खबर
मूल्यवृद्धि विरुद्ध माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
ललितपुरमा ७ केजीभन्दा बढी गाँजा जस्तो पदार्थसहित दुई जना पक्राउ
नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची सार्वजनिक
सुर्खेत बसपार्कमै यात्रुको झोला गायब — १ मिनेटमै हरायो महत्वपूर्ण कागजात!